गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।   

संसद् बैठक स्थगित भएपछि मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जबाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए  । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे । 

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए  ।  

बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानूनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे  । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : १७ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद