गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।   

संसद् बैठक स्थगित भएपछि मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जबाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए  । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे । 

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए  ।  

बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानूनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे  । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : १७ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा