युवासंघमा प्रतिस्पर्धालाई रोक्न खोज्दाको असर, तीन सय ६० प्रतिनिधि आएनन् | Khabarhub Khabarhub

युवासंघमा प्रतिस्पर्धालाई रोक्न खोज्दाको असर, तीन सय ६० प्रतिनिधि आएनन्


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधिहरू उपस्थित नभएको भेटिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूले क्षितिज थेबेलाई दोहोर्‍याउन सर्वसम्मत गर्न खोज्दा ठूलो संख्याका प्रतिनिधि महाधिवेशनमा सहभागी नभएका हुन् ।

मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भएको भेटिएको हो । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेक छन् ।

जेठ ९ गतेदेखि सुरू भएको महाधिवेशनमा ओलीले थेबेलाई सर्वसम्मत गरेर ल्याउन निर्देशन दिएका थिए । तर उनको निर्देशनविपरीत वर्तमान महासचिव सुमन पुरीले कुनै हालतमा अध्यक्षमा दाबेदारी नछाड्ने बताएका थिए ।

उनलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो ।

प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको छ ।

त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो । विद्युतीय मतपेटिकामा मतदान भएकाले परिणाम पनि चाँडै आउने अपेक्षा गरिएको छ ।

एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : १२ बजे

काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं – काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि