गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल  « Khabarhub

गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल आउने भएका छन् । अहिलेका प्रमुख सचिव रघुराम विष्टको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेलको पदस्थापन भएको हो । 

पौडेल २ साताअघि सचिवमा बढुवा भए पनि पदस्थापन भने भएको थिएन । पौडेल गण्डकीका १० औँ प्रमुख सचिव हुन् । विष्ट यही जेठ २२ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले नवनियुक्त अर्का सचिव भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्दा उनीहरू पनि परेका हुन् । मन्त्रिपरिषद्को बैठकले ३ जना विशिष्ट श्रेणीका सचिवको पदस्थापनसँगै सचिव सरुवासमेत गरेको थियो । 

त्यस्तै, प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

 शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।

राष्ट्रपति कार्यालयका सचिव डा रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्र् आयोगका सचिव किरणराज शर्मालाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । 

लोकसेवा आयोगका सचिव डिल्लीराम शर्मा स्वास्थ्य मन्त्रालय गएका छन् भने त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ । 

तस्बिर : शोभाकान्त र रघुराम (दायाँ)

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : २० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र