गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल  | Khabarhub Khabarhub

गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकीको प्रमुख सचिवमा शोभाकान्त पौडेल आउने भएका छन् । अहिलेका प्रमुख सचिव रघुराम विष्टको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेलको पदस्थापन भएको हो । 

पौडेल २ साताअघि सचिवमा बढुवा भए पनि पदस्थापन भने भएको थिएन । पौडेल गण्डकीका १० औँ प्रमुख सचिव हुन् । विष्ट यही जेठ २२ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । बैठकले नवनियुक्त अर्का सचिव भूपाल बराललाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्दा उनीहरू पनि परेका हुन् । मन्त्रिपरिषद्को बैठकले ३ जना विशिष्ट श्रेणीका सचिवको पदस्थापनसँगै सचिव सरुवासमेत गरेको थियो । 

त्यस्तै, प्राविधिकतर्फ बढुवा भएका दिनानाथ मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गरिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

 शिक्षा क्षेत्रका विज्ञ मानिने पौडेललाई शिक्षामा खटाइएसँगै त्यहाँका सचिव डा दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।

राष्ट्रपति कार्यालयका सचिव डा रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्र् आयोगका सचिव किरणराज शर्मालाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । 

लोकसेवा आयोगका सचिव डिल्लीराम शर्मा स्वास्थ्य मन्त्रालय गएका छन् भने त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ । 

तस्बिर : शोभाकान्त र रघुराम (दायाँ)

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : २० बजे

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबर्जस्ती उपभोग गरेका

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

एजेन्सी– चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

भैरहवा– कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक

तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल

तेह्रथुम– यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले  सिस्नोको प्रशोधन