गण्डकी सरकारको प्रि-बजेटमा विपक्षीको आरोप | Khabarhub Khabarhub

गण्डकी सरकारको प्रि-बजेटमा विपक्षीको आरोप


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार छलफल सुरु भएको छ । छलफलमा विपक्षी सांसदहरूले प्रस्ताव अस्पष्ट, अलमलिएको र केवल औपचारिकताका लागि ल्याएको आरोप लगाए ।

माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा पुनले सिद्धान्त र प्राथमिकता १३ वटा सिद्धान्त र ३३ वटा क्षेत्रगत प्राथमिकता उल्लेख गरे पनि स्पष्ट लक्ष्य नभएको बताइन् । 

परिणाममुखीभन्दा पनि कर्मकाण्ड पूरा गर्ने शैलीमा सिद्धान्त र प्राथमिकता आएको टिप्पणी गरिन् । उनले सत्तारुढ दुई दलबीच समन्वयको अभाव देखिएको बताउँदै, ‘टाउको र पुच्छर काटेर नारा ल्याएको जस्तो देखिन्छ,’ भन्दै व्यङ्ग्य गरिन् । 

उद्देश्य स्पष्ट नहुँदा नीति गन्जागोल बनेको र यसले प्रदेशको विकासमा अपेक्षित प्रभाव पार्न नसक्ने उनले जिकिर गरिन् । माओवादी केन्द्रकै रेशमबहादुर जुग्जालीले नीति र प्राथमिकताले सबै क्षेत्र छुन खोजिए पनि युवा पुस्तालाई सम्बोधन गर्न नसकेको र आवश्यकतालाई स्पष्ट छुट्याउन नसकेको बताए । परिणाममुखी दृष्टिकोणको अभाव रहेको उनको टिप्पणी छ ।

माओवादीकै हरिबहादुर भण्डारीले सिद्धान्त र प्राथमिकताले नै बजेटको स्वरूप निर्धारण गर्ने भएकाले गम्भीर छलफल आवश्यक भएको बताए । तर दुई तिहाइ बहुमत भएको सरकारले ल्याएको प्रस्ताव नै अस्थिर र बरालिएको देखिएको भन्दै उनले आलोचना गरे, ‘यस पटक सरकारले विगतबाट पाठ सिक्नुपर्छ ।’

राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले प्रस्तुत सिद्धान्तमा आत्मविश्वास नदेखिएको बताए । उनले ‘गरिनेछ’ वा ‘सम्भावना छ’ भन्ने भाषालाई ढुलमुले नीति भन्दै स्पष्टता हुनुपर्ने माग गरे । राप्रपाकै प्रमुख सचेतक बिन्दु पौडेलले बजेट जनताको सपना र राष्ट्रको भविष्यसँग जोडिएको दस्ताबेज भएकाले कार्यान्वयनमै ध्यान दिनुपर्ने धारणा राखिन् ।

कांग्रेस सांसद पार्वती तामाङले सिद्धान्तले प्रदेशबासीको भावना समेट्न खोजेको बताइन् भने सुनीता थापा, रेखा गुरुङ, गणेशमान गुरुङले समेत छलफलमा भाग लिएर कार्यान्वयनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

एमाले सांसद देवका पहारी त्रिपाठीले विगतका सिद्धान्त र प्राथमिकताको कार्यान्वयनको अवस्था अध्ययन गरी पुनरावृत्तिबाट जोगिनुपर्ने बताइन् । साथै उनले बजेट पहुँचका आधारमा विनियोजन भएको भन्ने गुनासो सुन्न नपर्ने गरी योजना बनाउन आग्रह गरिन् । 

सीताकुमारी सुन्दास, निर्मला थापा, र यसोदा रिमालले पनि छलफलमा सहभागी हुँदै सिद्धान्त र प्राथमिकताको कार्यान्वयन पक्ष सशक्त बनाउन सुझाव दिए ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको पूर्वतयारीस्वरूप सिद्धान्त र प्राथमिकता सोमबार प्रदेश सभामा पेस गरेको थियो । 

आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले सरकारको ध्यान कृषि, वन वातावरण, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, संस्कृति, सामाजिक समावेशीकरण, युवा उद्यम, पूर्वाधार, यातायात, ऊर्जा, सिँचाइ, खानेपानी, कानुन र सुशासन जस्ता १३ प्रमुख क्षेत्रमा केन्द्रित रहेको बताए । 

प्रदेश सरकारले जेठ १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । त्यस अनुसार बजेट ल्याउनु पूर्व १५ दिनभित्र सिद्धान्त र प्राथमिकता पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत यो दस्ताबेज सदनमा पेस गरिएको हो । बुधबार प्रि-बजेट छलफल सकिने कार्यसूची छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ३१ बजे

बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

मन्थली–  जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चार सय बेडको बनाइँदै, दुई अर्ब ७४ करोडको बजेट पारित

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक

गगन थापाले भने- शक्तिशाली छानबिन आयोग बनाएर सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्तिशाली छानबिन आयोग

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 

अमेरिका–इजरायलको आक्रमणको जवाफस्वरूप इरानले लगातार मिसाइल हानिरहेको छ । आइतबार