दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने | Khabarhub Khabarhub

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन् ।

आज हेटौँडा उपमहानगरपालिका–१६ को बृहत् शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।’

सो कार्यक्रमका विशिष्ट अतिथि एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत् शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने योजनाको मूर्तरूप भएको बताए ।

खानेपानी तथा सरसफाइको दिगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताए । 

उनले भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्य योजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ ।’

बृहत् शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजना कूल छ करोड ६७ लाख ६७ हजार २६३. ९२ रुपैयाँ मा सम्पन्न भएको हो ।- रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५० बजे

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबर्जस्ती उपभोग गरेका

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

एजेन्सी– चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

भैरहवा– कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक

तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल

तेह्रथुम– यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले  सिस्नोको प्रशोधन