प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग « Khabarhub

प्रधानमन्त्री ओलीले अनुगमन गरे जल तथा मौसम विज्ञान विभाग


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका छन् । मंगलबार काठमाडौंको बबरमहलस्थीत जल तथा मौसम विज्ञान विभागमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा  विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराए ।

सरदरभन्दा बढी वर्षा हुने देखिएकाले यस वर्ष बाढी र पहिरोका साथै डुबानका समस्या धेरै हुने उनले बताए । उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। 

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा