तातो हावाको जोखिम न्यूनीकरण प्रयास « Khabarhub

तातो हावाको जोखिम न्यूनीकरण प्रयास


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खजुरा– तातो हावा (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व तयारी गर्न चुनौती र अवसर आङ्कलन गर्न सर्वसाधारणसँग परामर्श लिइएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम सञ्चालन गरिएका विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा अन्तरक्रिया गरी प्राप्त सुझाव समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताए । 

स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, ऊर्जा, सिँचाइ, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) ले पुर्‍याएको असर र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ । 

नेपालगञ्ज सहर र आसपासका बस्तीमा ट्युवेलबाट पानी आउन छोडेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटबिरुवा विनाश भइरहेको, जथाभाबी बोरिङ जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम वृद्धि भइरहेको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्युसमेत भएको तथ्य सरोकारवालाले औँल्याएका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगञ्जको केही वडामा नमूनाका रुपमा तातो हावा (लु)को लहरबाट हुनसक्ने जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भएको बताए । उनले मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएकाले चाहेर पनि लुसम्बन्धी गतिविधि व्यापक गर्न नसकेको उल्लेख गरे । 

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले तातो हावाको लहरबाट बच्न नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रङगले पेन्टिङ गरिएको र बसपार्कमा कुलिङ सेन्टर निर्माण जारी रहेकोलगायत जानकारी गराए  ।-रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : २० बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा