पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षकलाई प्रशिक्षण दिइने « Khabarhub

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षकलाई प्रशिक्षण दिइने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजी विद्यालय संगठन नेपाल (नेसनल प्याब्सन) र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजित पूर्व प्राथमिक तहका लागि पाठ्यक्रम निर्माण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ ।

एक सातासम्म सञ्चालन भएको उक्त कार्यशालामा सातै प्रदेशका निजी विद्यालयमा कार्यरत पूर्व प्राथमिक तहका विज्ञहरू, नेपाल शिक्षक महासंघबाट सिफारिस भएका सामुदायिक तथा निजी विद्यालयका ईसिडी शिक्षकहरू, अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ नेपालका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

संस्थापक प्रिन्सिपलहरूको समेत उपस्थिति रहेको कार्यशालामा पूर्व प्राथमिक तह अन्तर्गत ३–४ वर्ष, ४–५ वर्ष र ५–६ वर्ष उमेर समूहका बालबालिकाका लागि आवश्यक पाठ्यक्रम तयार गरिएको छ ।

पाठ्यक्रम निर्माणपछि सहभागी विद्यालयका पूर्व प्राथमिक शिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिई उक्त पाठ्यक्रमलाई विद्यालयमा लागू गरिने निर्णय कार्यशालाले गरेको छ ।

कार्यशालाको उद्देश्य शैक्षिक रूपान्तरणका लागि बालमैत्री, समावेशी र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै प्रारम्भिक बालविकास स्तरमा गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु रहेको आयोजक संस्थाहरूले बताएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ३३ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण