क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको समूह ‘जी’को खेलमा म्यानचेस्टर सिटीले युभेन्ट्सलाई ५-२ ले हराएको छ।

खेलको ९ औँ मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई दिलाएको अग्रता दुई मिनेट भन्दा बढी टिकेन। गोलरक्षक एडरसनले मिस पास गरेपछि त्यसको फाइदा उठाउँदै युभेन्ट्सका टिर्याप कोप मेरिनेसले बराबरी गोल गरे।

सिटीले दोस्रो पटक आत्मघाती गोलका कारण अग्रता लिएको हो। म्याथ्यु नुनेसको पासलाई रोक्ने क्रममा पियरे ओलकाउले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरे।

मध्यान्तरमा वैकल्पिक खेलाडीको रुममा मैदानमा प्रवेश गरेका एर्लिङ हालान्डले ५२ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। फिल फोडेनले ६९ औं मिनेटमा चौथो तथा सिभिन्होले ७५ औं मिनेटमा पाँचौँ गोल गरे। खेल सकिन ६ मिनेट बाँकी रहँदा डुहान निसामोभिकले युभेन्ट्सका लागि गोल गरे।

सोही समूहको अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २-१ ले हराएको छ। यस अघि नै सिटी र म्यानचेस्टर दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।

समूहमा सिटी शतप्रतिशत जितसहित पहिलो स्थान छ भने ६ अङ्क भएको युभेन्ट्स दोस्रो स्थानसहित दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ४२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का