उपसभापति खड्काको टिप्पणी- कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराऔँ « Khabarhub

उपसभापति खड्काको टिप्पणी- कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराऔँ


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेको बताएका छन् । 

पर्साको वीरगञ्जमा शुक्रबारदेखि सुरू भएको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उनले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराउन आवश्यक रहेकोमा जोड दिएका हुन् । 

‘हामी भन्छौँ कांग्रेसलाई हराउन कोही चाहिँदैन, कांग्रेस भए पुग्छ । हामीलाई हराउन कोही सक्दैन,’ उपसभापति खड्काले भने, ‘तर, हामीले आफैँलाई हराउँछौँ । त्यो रोगबाट पनि पार्टीलाई मुक्त गराउनु छ ।’ 

उनले प्रशिक्षणमार्फत आपसी सद्भावको विकास, मुद्दाको छलफल गर्ने तरिकाको विकास, आपसी मतभेदलाई सम्बोधन गर्ने तरिकाको अभ्यास प्रशिक्षकहरूका माध्यमबाट गर्नुपर्नेमा पनि जोड दिए ।    

‘कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई माथि उठाउनु छ । त्यसका लागि पनि यो प्रशिक्षणमार्फत सद्भावको विकास, मुद्दाको छलफल गर्ने तरिकाको विकास, आपसी मतभेदलाई सम्बोधन गर्ने तरिकाको अभ्यास प्रशिक्षक साथीहरूका माध्यमबाट चिर्नु छ,’ खड्काले भने ।   

पार्टीका विभिन्न जिम्मेवारीमा बसेका प्रत्येकले आत्मामा हात राखेर आफूलाई अहिलेको परिस्थिति सम्हाल्नका लागि तयार पार्ने अभियान अन्तर्गत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘जिम्मेवारीमा बसेका हामी प्रत्येकले निधार खुम्च्याएर आफ्नो आत्मामा हात राखेर आफूलाई अहिलेको परिस्थिति सम्हाल्नका लागि तयार पार्नु छ,’ उपसभापति खड्काले भने, ‘त्यही तयार पार्ने अभियान अन्तर्गत यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम हामीले आज गर्दैछौँ ।’    

उनले कांग्रेसमा देखिने गरेका आपसी मतभेदहरूलाई कोठामा बसेर संवादका माध्यमबाट मेटाउँदै जानुपर्नेमा पनि जोड दिए । मुलुकमा व्याप्त अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढ्नका लागि व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर बुझिने तरिकाको सन्देश दिनका लागि सबैले आफूलाई लायक बनाउन आवश्यक रहेको खड्काको भनाइ थियो ।  

‘मुलुकको अहिलेको अन्योललाई चिरेर स्थायित्वतर्फ अगाडि बढाउनका लागि र आम मतदाताको असन्तुष्टिलाई हाम्रो व्यवहार, बोलीबचन, जीवनशैली, कर्मशीलताबाट व्यक्तिगत स्वार्थ, लोभ र कुण्ठाबाट बाहिर निक्लेर नयाँ भरोसा, निष्ठा र समर्पणको बुझिने तरिकाको सन्देश दिनको लागि आफूलाई लायक बनाउनु छ,’ उनले भने ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ३८ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर