माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू) « Khabarhub

माधव नेपाल धरौटीमा छुटेपछि एकीकृत समाजवादीको बैठक (तस्बिरहरू)


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत् आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो । उक्त बैठकलाई अध्यक्ष नेपालले सम्बोधन गरेका छन् ।

बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू पनि सहभागी छन् । भ्रष्टाचार मुद्दा लागे पनि अध्यक्ष नेपालले पार्टी र संसदीय दल दुवैको बैठकमा अध्यक्षता गरिरहेका छन् ।

विशेषले धरौटीमा छाडेका उनले शुक्रबार सचिवालय बैठकमार्फत् आफूमाथिको मुद्दा, सरकारका गतिविधिबारे पनि बोलेका छन् ।

उनलाई विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार भएको थुनछेक बहसपछि नेपाललाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १ : ०८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले