केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर  « Khabarhub

केन्द्रीय कार्यालय परिसर विस्तारका लागि कांग्रेसले किन्यो १३ करोडमा जग्गा र घर 


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसर विस्तारका लागि एक रोपनीभन्दा बढी जमिन खरिद गरेको छ । कांग्रेसले परिसर विस्तारका लागि केन्द्रीय कार्यालय अगाडिपट्टि १९ आना जग्गा खरिदको सम्झौता गरेको हो । 

ललितपुरको सानेपामा रहेको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्यले एक रोपनी तीन आना तीन पैसा जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले अमिरमान अमात्यको नाममा रहेको जग्गा र घर खरिदका लागि असार ११ गते जग्गा धनीसँग एक वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैनासहित सम्झौता भएको बताए । 

‘निर्धारित १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेबी र शुभेच्छुकहरूको सहयोगमार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने छ,’ मुख्य सचिव पौडेलले भने ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ४५ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली