पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने « Khabarhub

पूर्वराजा शाह ७९ वर्षमा लाग्दै, जन्मदिनमा निर्मल निवास खुला गरिने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आगामी असार २३ गते ७९औँ वर्षमा प्रवेश गर्दैछन् । शाहले आगामी असार २३ गते आफ्नो जन्मदिन धुमधामसँग मनाउने तयारी गरेका छन् ।

त्यसका लागि महाराजगञ्जस्थित निर्मल निवास असार २३ गते ३ घण्टासम्म खुला गरिने उनको संवाद सचिवालयले जनाएको छ ।

पूर्वराजाको सम्वाद सचिवालयले शुक्रबार एक विज्ञप्तिमार्फत् जन्मदिनमा निर्मल निवास खुला राखेर सर्वसाधारण तथा शुभेच्छुकबाट आशीर्वाद र शुभकामना लिने तयारी छ ।

जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला राखिने भएको हो । त्यसअघि दशैंमा निर्मल निवास सर्वसाधारणको लागि खुला राखिएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ३० बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली