बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन « Khabarhub

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखा बलम्बुबाट दुई वटा कुकुर पठाएको छ । 

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदाल धौवजीले दुई वटा कुकुरसहित सात जनाको टोली पठाइएको जानकारी दिए । 

नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । 

बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा सात जना सुरक्षाकर्मीसहित दुई वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए  ।

बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि आज बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ । 

सोही ठाउँमा रहेको तीन वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । यसैगरी, केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : ०५ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान