कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने | Khabarhub Khabarhub

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीले साता–व्यापी कार्यक्रमको आयोजना गरिरहेको छ । वृक्षारोपण, विचार गोष्ठी, रक्तदान लगायतका कार्यक्रमहरु सञ्चालन गरि फाउन्डेसनले मदन जयन्तीलाई सप्ताहव्यापी मनाइरहेको हो ।

जननेता भण्डारीको असार १४ गते जन्मजयन्ती हो । जन्मजयन्तीको अवसर पारी उनको सम्झना र सम्मानमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका कैलाली जिल्ला अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् ।

कैलालीका विभिन्न पालिका र अस्पतालमा रक्तदान र वृक्षारोपणका कार्यक्रम सकाएर जन्मजयन्तीको सन्दर्भमा जनतासँग जबजको सान्दर्भिकता विषयक कार्यक्रम आयोजना गर्न लागिएको हो । नेकपा एमाले सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सुखडमा आयोजना हुने कार्यक्रममा कम्तीमा ५ सय बढी सहभागी हुने अपेक्षा गरिएको छ । जिल्ला अध्यक्ष रामचन्द्र जैशीका अनुसार कार्यक्रममा स्थानीय युवादेखि पार्टीका नेता–कार्यकर्ता र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहनेछ ।

कार्यक्रममा मदन भण्डारीको व्यक्तित्व, विचार र उनको योगदानमाथि विशेष बहस र छलफल गरिनेछ । “मदन भण्डारीले सिद्धान्त र व्यवहारको सन्तुलन गर्दै मुलुकमा विचारको नवीन यात्रा सुरु गरेका थिए,” त्यही विषयमा विचार गोष्ठी गर्न लागिएको हो, अध्यक्ष जोशीले बताएका छन् ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, कैलाली जिल्ला इन्चार्ज नारद मुनि राना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, एमाले नेता महेश्वर पाठक, सन्तोष शर्मा लगायतका नेताहरूको पनि उपस्थित रहनेछ ।

विचार गोष्ठीमार्फत मदन भण्डारीका विचार र दर्शनलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा सान्दर्भिक बनाउँदै लैजाने उद्देश्य राखिएको छ । कार्यक्रमहरूमा स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अगुवा, विद्यार्थी तथा सर्वसाधारणको समेत उपस्थिति रहने जनाइएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय नेकपा एमालेको नेतृत्वमा विद्या भण्डारीलाई ल्याउने गरि बहस छलफल र प्रयासमा सक्रिय छन् । उनले सबै कम्यूनिष्ट मिलाउने गरि त्यसको विकल्प पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुने तर्क अघि सारेका छन् । भट्ट र थापाको विचार गोष्ठीमा हुने संवोधनले पनि खास अर्थ राख्ने देखिन्छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : २२ बजे

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले