कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने « Khabarhub

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीले साता–व्यापी कार्यक्रमको आयोजना गरिरहेको छ । वृक्षारोपण, विचार गोष्ठी, रक्तदान लगायतका कार्यक्रमहरु सञ्चालन गरि फाउन्डेसनले मदन जयन्तीलाई सप्ताहव्यापी मनाइरहेको हो ।

जननेता भण्डारीको असार १४ गते जन्मजयन्ती हो । जन्मजयन्तीको अवसर पारी उनको सम्झना र सम्मानमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका कैलाली जिल्ला अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् ।

कैलालीका विभिन्न पालिका र अस्पतालमा रक्तदान र वृक्षारोपणका कार्यक्रम सकाएर जन्मजयन्तीको सन्दर्भमा जनतासँग जबजको सान्दर्भिकता विषयक कार्यक्रम आयोजना गर्न लागिएको हो । नेकपा एमाले सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सुखडमा आयोजना हुने कार्यक्रममा कम्तीमा ५ सय बढी सहभागी हुने अपेक्षा गरिएको छ । जिल्ला अध्यक्ष रामचन्द्र जैशीका अनुसार कार्यक्रममा स्थानीय युवादेखि पार्टीका नेता–कार्यकर्ता र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहनेछ ।

कार्यक्रममा मदन भण्डारीको व्यक्तित्व, विचार र उनको योगदानमाथि विशेष बहस र छलफल गरिनेछ । “मदन भण्डारीले सिद्धान्त र व्यवहारको सन्तुलन गर्दै मुलुकमा विचारको नवीन यात्रा सुरु गरेका थिए,” त्यही विषयमा विचार गोष्ठी गर्न लागिएको हो, अध्यक्ष जोशीले बताएका छन् ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, कैलाली जिल्ला इन्चार्ज नारद मुनि राना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, एमाले नेता महेश्वर पाठक, सन्तोष शर्मा लगायतका नेताहरूको पनि उपस्थित रहनेछ ।

विचार गोष्ठीमार्फत मदन भण्डारीका विचार र दर्शनलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा सान्दर्भिक बनाउँदै लैजाने उद्देश्य राखिएको छ । कार्यक्रमहरूमा स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अगुवा, विद्यार्थी तथा सर्वसाधारणको समेत उपस्थिति रहने जनाइएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय नेकपा एमालेको नेतृत्वमा विद्या भण्डारीलाई ल्याउने गरि बहस छलफल र प्रयासमा सक्रिय छन् । उनले सबै कम्यूनिष्ट मिलाउने गरि त्यसको विकल्प पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुने तर्क अघि सारेका छन् । भट्ट र थापाको विचार गोष्ठीमा हुने संवोधनले पनि खास अर्थ राख्ने देखिन्छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : २२ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता