एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग « Khabarhub

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

वर्षातको समयमा सम्भावित विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनस्र्थापना तथा व्यवस्थापन गर्न माग गर्दै बैठकले मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको पूर्वतयारी गर्न सुझाव दिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति, ¥यापिड रेस्क्यु टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी नागरिकलाई सुसूचित गर्न आवश्यक रहेको प्रस्ताव बैठकले पारित गरेको छ ।

सरकारले ३० वर्षदेखि उखु किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान उपलब्ध गराउँदै आएकामा आगामी आर्थिक वर्षदेखि सो रकम बजेटमा कटौती गरेकामा बैठकले सो निर्णय सच्याएर अनुदान उपलब्ध गराउन माग गरेको छ ।

मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गरेको थियो । बैठकमा पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष नेपाललाई अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले रु ३५ लाख धरौटीमा छाडेकोबारे पनि छलफल गरिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अख्तियारको क्षेत्राधिकार बाहिर रहेको भए पनि राजनीतिक दबाबका कारण भ्रष्टाचारको मुद्दा दर्ता गरेको बैठकले निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा मुद्दा दर्ता भएपछि पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता तोक्नुपर्ने केही नेताले सुझाव दिएका थिए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ८ : ३७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ