मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन « Khabarhub

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच समन्वय र सहकार्यविना मुलुकको विकास सम्भावना नहुने धारणा राखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको ‘अन्तर–सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा कार्यसम्पादनमा अन्योलको अवस्था रहेको बताए ।

आपसी सहकार्य र समन्वयको अभावका कारण जनता केन्द्रित कार्यसम्पादन नहुँदा नागरिकमा वर्तमान शासन व्यवस्थाप्रति निराशा र गुनासा बढ्न थालेका मुख्यमन्त्री सिंहले उल्लेख गर्नुभयो । तीनै तहका सरकारबीच समन्वय र सहकार्यबिना पूर्वाधार विकास, रोजगारी, शिक्षा, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा प्रभावकारी नतिजा हासिल गर्न नसकिने उनको भनाइ छ ।

मुख्यमन्त्री सिंहले संविधान र कानुनले दिएका अधिकारअनुसार तीनै तहका सरकार आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर मुलुकमा रहेका विद्यमान समस्या समाधान गर्न सकिनेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारका काम आमनागरिकले अनुभूति गरेमा मुलुक आर्थिक समृद्धिको मार्गतर्फ आगडि बढ्ने उनले धारणा राखे ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान लोकतान्त्रिक शासन व्यवस्था उत्कृष्ट प्रणाली भएको बताउँदै यसलाई संरक्षण गर्दै जनताका चाहनाअनुसार कार्यसम्पादनमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । संविधान र कानुनले दिएका अधिकारका विषयमा पटकपटक विवाद हुने गरेकाले विकासले गति लिन नसकेको उनले उल्लेख गरे ।

प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले सङ्घीयता सफल बनाउन सबै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउँदै सङ्घ र प्रदेश सरकार नीतिगत नेतृत्वमा केन्द्रित हुनुपर्नेमा जोड दिए । “सङ्घ र प्रदेशले नीतिगत स्पष्टता दिनुपर्छ, स्थानीय तहले कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने, “त्यसपछि मुलुक समृद्ध बन्दै जान्छ र सङ्घीयताको सौन्दर्य झल्किन्छ ।”

मधेस प्रदेशका पूर्वनीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झासहित अन्तरक्रियामा सहभागी वक्ताले अन्तर सरकारका विषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरूलगायको सहभागिता थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ५१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद