आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई २७ तारिख। आज बराहा जन्मजयन्ती परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। व्यापारमा गरेको लगानी सुस्त हुनेछ। राजनीतिक क्षेत्रमा कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्नै छ।

मिथुन : दिन सामान्य छ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्लाा।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा संकट आइपर्ने छ।

तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

धनु : दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। परिवारको भूमिकाले तपार्इंलाई दुःखी बनाउने खतरा छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ।

मकर : दिन सामान्य छ। खानपानमा समस्या हुनेछ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। परिवारमा कामको बोझ थपिने छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। शनिको प्रभावले मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिर दर्द बढ्ने जोखिम छ। सामाजिक क्षेत्र र शिक्षामा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने जोखिम छ। परिवारले नकारात्मक टिप्पणी गर्ने भएकाले सचेत बन्नु उचित हुन्छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : २० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच