आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ११ गते आइतबारको राशिफल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ११ गते आइतबार। साउन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई २७ तारिख। आज बराहा जन्मजयन्ती परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। व्यापारमा गरेको लगानी सुस्त हुनेछ। राजनीतिक क्षेत्रमा कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्नै छ।

मिथुन : दिन सामान्य छ। बोलीका कारणले साथीभाइ टाढा पुग्नेछन्। राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्लाा।

कर्कट : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा संकट आइपर्ने छ।

तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ।

धनु : दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। परिवारको भूमिकाले तपार्इंलाई दुःखी बनाउने खतरा छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ।

मकर : दिन सामान्य छ। खानपानमा समस्या हुनेछ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। परिवारमा कामको बोझ थपिने छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। शनिको प्रभावले मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनेछ। शिर दर्द बढ्ने जोखिम छ। सामाजिक क्षेत्र र शिक्षामा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने जोखिम छ। परिवारले नकारात्मक टिप्पणी गर्ने भएकाले सचेत बन्नु उचित हुन्छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : २० बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने