कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन | Khabarhub Khabarhub

कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३ सालको मंसिरअघि सम्भव नभएको बताएका छन्।

आइतबार नेपाली कांग्रेसको बिटमा समाचार लेख्ने पत्रकारसँग काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिलाई एक वर्ष कार्यकाल सुविधा लम्ब्याउने अधिकार रहेको बताए ।

‘नेपाली कांग्रेसको महाधिवेशन यसअघि पनि हरेक पाँच वर्षमा भएको छ । चार वर्षे कार्यकालमा एक वर्ष थपिन्छ । आगामी २०८२ मंसिरमा यो कार्यसमितिको कार्यकाल सकिन्छ’, उनले भने, ‘अहिले देखिएको क्रियाशील सदस्यता विवाद नै आगामी असोजमा टुंग्याउने भनिएको छ । त्यसैले यही मंसिरमा महाधिवेशन हुँदैन । महाधिवेशनमा २०८३ साल दशैँ आसपास हुन्छ, ढिलोमा मंसिरसम्म पुग्छ ।’

उनले आगामी महाधिवेशनमा मिलेर जानुपर्ने कोसिस भइरहेको बताए । त्यसकै लागि चाक्सीबारीमा जुटेर नेताहरूले छलफल गरेको उनले बताए ।
‘यस्तो भेटघाट भइरहन्छ । हामी बसिरहन्छौँ । अस्ति पनि चाक्सीबारीमा सातजना बसेका थियौँ’, उनले भने, ‘हिजो महाधिवेशनमा सघाएका साथीहरूलाई सभापति शेरबहादुर देउवाले साथमा लिनु उहाँको कुरा हो । तर आजका दिनमा उहाँले सबैलाई मिलाएर लैजान सक्नुपर्छ ।’

उनले पन्ध्रौँ महाधिवेशनमा के गर्ने भन्ने अहिले नै छलफलको विषय नभएकव बताए । ‘भविष्यमा हामी के गर्छौँ भन्न सकिँदैन’, उनले भने, ‘महाधिवेशनको मिति नै नतोकिएको अवस्थामा अहिले नै यसो गर्छौँ भन्नु हतार हुन्छ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : २७ बजे

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५