हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु « Khabarhub

हरिद्वारमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार घटनामा अरु थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार हालसम्म ३५ जनालाई अस्पताल लगिएको छ । मानसादेवी मन्दिरलाई हरिद्वारको पाँच तीर्थमध्ये एक मानिन्छ ।

प्रारम्भीक जानकारीअनुसार भीडमा विद्युतीय झट्का लागेको हल्ला फैलिएपछि भागदौड शुरु भएको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार हाल घटनास्थलमा राज्यको विपद प्रतिकार्य बल र स्थानीय प्रहरीले उद्धार तथा राहत कार्य गरिरहेका छन् ।

मुख्यमन्त्री धामीले आफ्नो प्रशासनले घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया