भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय « Khabarhub

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखेनाचसहित मौलिक परम्परालाई निरन्तरता दिइने भएको छ । रीतिरिवाज, वेषभूषा र संस्कृति जोगाउन यहाँको युवाको सक्रियता बढ्दै गएको हो ।

नेवार समुदायको मात्र लाखेनाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा परम्परागत संस्कार जोगाउने अभियान सुरु गरिएको स्थानीय युवा नवीन बुढाथोकीले बताए । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाचलाई जिल्लामा व्यवस्थित बनाउने निर्णय गरिएको उनले जानकारी दिए ।

यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको विस्तार गर्न थालिएको बुढाथोकीले बताए । 

प्रत्येक वर्ष निकालिने लाखेनाचको तयारीमा आफूहरू जुटेको बताउँदै युवा विकल श्रेष्ठले भने, ‘विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमासमेत टेवा दिन्छ ।’ 

उनका अनुसार केही ठाउँमा गठे मङ्लदेखि लाखेनाच सुरु हुने भए पनि भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन छ । 

स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न थालिएको स्थानीय अगुवा किशोर श्रेष्ठले बताए । उनका अनुसार परम्परा र संस्कृति जर्गेनामा भूमिका निर्वाह गर्नुभएका अगुवालाई यसवर्ष सम्मानको समेत कार्यक्रम राखिएको छ । 

जिल्लाका स्थानीय मठमन्दिरमा नागपञ्चमीका दिन पूजाअर्चना गरिएसँगै लाखेनाच सुभारम्भ हुने गरेको श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार लाखेनाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ । 

परम्परादेखि चल्दै आएको संस्कृतिको जर्गेना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ । बाजाको ताल, गीतको सुर, नृत्य ताललगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, परम्पराको संरक्षण गर्दै लाखेनाच प्रवर्द्धनमा सबै जुटनुपर्ने स्थानीयको माग छ ।

जिल्लाको भोजपुर नगरपालिकाभित्र बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखेनाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामासमेत लाखेनाच नचाउने परम्परा रहँदै आएको छ ।

नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले जानकारी दिए । 

उनका अनुसार परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  २ : ५१ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२