प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन « Khabarhub

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न नसकिने बताएका छन् ।

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वाग्रह, प्रतिशोधको अवस्थामा जो जतिबेलै जेल पर्न सक्ने सङ्‍केत गरे । अन्तिम राजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध शाही आयोग गठन गरी छानबिन गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता ड्रामा (नौटङ्‍की) विरुद्ध अस्तिसम्म लडेको बताए ।

‘अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरु माथि प्रतिबन्ध नभए पनि … प्रतिबन्ध त लागेकै थियो नेताहरुलाई घरघरमा जेलमा थुन्ने । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुसीले अह्राएका मान्छे लगाएर मुद्दा लगाउने फसाउने ती काम त शाही छानबिन आयोग कि के भनेर …’

ओलीले भने, ‘ज्ञानेन्द्र शाह भ्रष्टचार विरोधि देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो । योभन्दा ड्रामा अर्को के हुन्छ ? यो ड्रामालाई के नाम दिने ? यस्ता ड्रामाहरुसँग अस्तिसम्म पनि हामीले लड्न परेकै हो ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ०५ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण