प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन « Khabarhub

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न नसकिने बताएका छन् ।

आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वाग्रह, प्रतिशोधको अवस्थामा जो जतिबेलै जेल पर्न सक्ने सङ्‍केत गरे । अन्तिम राजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध शाही आयोग गठन गरी छानबिन गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस्ता ड्रामा (नौटङ्‍की) विरुद्ध अस्तिसम्म लडेको बताए ।

‘अस्ति मात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरु माथि प्रतिबन्ध नभए पनि … प्रतिबन्ध त लागेकै थियो नेताहरुलाई घरघरमा जेलमा थुन्ने । सरकारी राज्यका निकायहरु छोडेर आफ्ना खुसीले अह्राएका मान्छे लगाएर मुद्दा लगाउने फसाउने ती काम त शाही छानबिन आयोग कि के भनेर …’

ओलीले भने, ‘ज्ञानेन्द्र शाह भ्रष्टचार विरोधि देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो । योभन्दा ड्रामा अर्को के हुन्छ ? यो ड्रामालाई के नाम दिने ? यस्ता ड्रामाहरुसँग अस्तिसम्म पनि हामीले लड्न परेकै हो ।’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ०५ बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल