भूमि ऐन संशोधन विधेयकमा जसपाको आपत्ति, दुवै सदनमा १० बुँदे संशोधन प्रस्ताव दर्ता « Khabarhub

भूमि ऐन संशोधन विधेयकमा जसपाको आपत्ति, दुवै सदनमा १० बुँदे संशोधन प्रस्ताव दर्ता


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’कडा असहमति जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत यसअघि नै फिर्ता लिइसकेको जसपाले भूमिसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा आपत्तिसहित प्रतिनिधिसभा र राष्ट्रियसभामा १० बुँदे संशोधन प्रस्ताव दर्ता गरेको हो ।

जसपाले विधेयकमा प्रस्तुत व्यवस्था जस्ताको तस्तै पारित भएमा वन विनाश, पर्यावरणीय संकट र तराई–मधेस क्षेत्रमा गम्भीर सामाजिक असन्तुलन सिर्जना हुने चेतावनी दिएको छ।

संशोधन प्रस्तावमार्फत् जसपाले विधेयकका प्रमुख बुँदाहरूमा आपत्ति जनाएको छ :

पर्यावरणीय विनाश र सामाजिक द्वन्द्वको खतरा – विधेयकले तराई/मधेसमा अत्यधिक जनसंख्या वृद्धि गराउने, रैथाने मधेसी, थारु, आदिवासी, मुस्लिम लगायतलाई अल्पमतमा पार्ने सम्भावना रहेको जसपाले जनाएको छ।

सार्वजनिक जग्गा अतिक्रमणलाई वैधता – खोला, नदी किनार, राष्ट्रिय वन, निकुञ्ज लगायत संवेदनशील क्षेत्र अतिक्रमण गरी बसोबास गर्नेहरूलाई जग्गा बाँडिने प्रावधान गलत हो ।

फौजदारी अपराधलाई पुरस्कार दिने प्रवृत्ति – पटक–पटक वन फँडानी गर्ने अपराधीलाई कारबाहीको सट्टा जग्गा वितरण गर्नुले गलत सन्देश जाने र कानुन मानेर बस्ने सुकुम्बासीहरू पछाडि पर्ने जोखिम छ ।

वन संरक्षणको उद्देश्यविपरीत कार्य – जसपाले प्रश्न उठाउँदै भनेको छ, ‘यदि अवैध कार्यलाई कानूनी वैधता दिँदै जाने हो भने वन संरक्षणका नाममा राज्यको ढुकुटी खर्च गरेर वन कार्यालय चलाउनुको अर्थ के ?’

वास्तविक सुकुम्बासीलाई अन्याय – कानुन पालना गर्ने भूमिहीनहरूलाई राहत नदिई उल्टै भू–माफिया र दलालहरूलाई फाइदा पुग्ने व्यवस्था विधेयकमा रहेको आरोप जसपाले लगाएको छ ।

संवैधानिक अधिकार हनन् – भूमि व्यवस्थापन प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले संघीय सरकारको यो विधेयकले संवैधानिक अतिक्रमण गर्छ ।

विद्यमान कानुन पर्याप्त – सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न २०७६ को आठौँ संशोधित भूमि ऐन पर्याप्त रहेको जसपाको दाबी छ।

नक्कली सुकुम्बासीलाई लाभ – सरकार राजनीतिक लाभका लागि नक्कली सुकुम्बासीलाई वनजंगलको जग्गा बाँड्ने प्रयासमा रहेको आरोप लगाइएको छ।

विधेयक अस्पष्ट र अपूर्ण – सरकारले सुकुम्बासीहरूलाई कति जग्गा दिने भन्ने स्पष्ट विवरण नै नराखी विधेयक ल्याएकाले त्यसको विरोध गरिएको हो ।

जसपाले संशोधन प्रस्तावसहित विधेयकमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । यदि सरकारले विधेयक नसँच्याए आगामी दिनमा सडक आन्दोलनसम्म जाने चेतावनी जसपाले दिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २६ बजे

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालगन्ज– बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा