चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन « Khabarhub

चुनावको तयारीसहित घरदैलो गर्न नेताहरूलाई उपेन्द्र यादवको निर्देशन


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । उनले पार्टी केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखको संयुक्त बैठकलाई सम्बोधन गर्दै यादवले चुनावको तयारीसहित पार्टीको मुद्दा बोकेर जनताको घरघरमा पुग्न निर्देशन दिएका हुन् ।

अध्यक्ष यादवले अहिलेको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अघि बढ्नु पर्ने बताए ।

‘जसपा नेपालले बलियो ढंगले उठाउँदै आएको मुद्दाहरु प्रष्ट रुपले अझै जनताबीच पुग्न सकेको छैन । ती मुद्दा जनतामा पुर्‍याएरई बुझाउने काम तपाईंहरूको हो’, यादवले भने,‘पार्टीपंक्तिलाई अब न विश्राम गर्ने समय छ, न रोकिने छुट छ, तपाईंहरू सम्पूर्ण शक्ति लगाए चुनावको तयारीमा होमिनुस् ।’

पार्टीलाई बलियो बनाउन संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावको तयारीमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

‎‘निर्वाचनमा आफ्ना कार्यक्षमतालाई थप विकसित गर्नु आवश्यक छ, जनता माझ मुद्दा पुर्‍याउन र सशक्त संगठन निर्माण अपरिहार्य छ,’ यादवले भने । ‎

‎मधेश प्रदेशसहित देशैभर पार्टीको सशक्त उपस्थिति र सघन सक्रियता आवश्यक रहेको उनले उल्लेख गरे । त्यसलाई अझै व्यापक बनाउँदै लैजानु पर्नेमा उनले जोड दिए ।

अध्यक्ष यादवले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वानसमेत गरे ।‎

‎बैठकमा प्रशिक्षण, नेतृत्व विकासको पहल, जनसम्पर्क विस्तार, जनवर्गीय संगठनहरूको भूमिका थप प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : ५० बजे

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले