यूएई–इण्डिया सेपा काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयले साझेदारी गर्ने « Khabarhub

यूएई–इण्डिया सेपा काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयले साझेदारी गर्ने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएई–इण्डिया कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप (यूएई–इण्डिया सेपा) काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयबीच साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । द्विपक्षीय शिक्षा सहकार्य अभिवृद्धि गर्न तथा संस्थागत सम्बन्ध विस्तार गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

काउन्सिलका निर्देशक अहमद अल्जनेइबीले यस साझेदारीले बनारस हिन्दू विश्वविद्यालयका विद्यार्थीमा गहिरो साझेदारी र स्टार्टअप इकोसिस्टम विकास हुने अपेक्षा गरिएको बताए । भारतीय समाचार संस्था एएनआईका अनुसार हाल काउन्सिलले स्वास्थ्य सेवा, प्रविधि, कृषि, वित्तजस्ता क्षेत्रमा काम गरिरहेको छ ।

यस सम्झौतासँगै विश्वविद्यालयका विद्यार्थीले स्थापना गर्ने स्टार्टअपलाई मध्यपूर्वको बजारमा पहुँच पु¥याउन सहयोग मिल्ने अपेक्षा गरिएको छ । यस सम्झौतालाई यूएई र भारतबीच द्विपक्षीय साझेदारी बढ्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : १५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल