गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता « Khabarhub

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा मोरङ घर भई गोसाइँकुण्ड दर्शनका लागि आएका मनोज न्यौपाने र सुजन ढकाल बेपत्ता भएका हुन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको खोजी कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित भएको छ।

घटनापछि सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सप्रनि) मोहविर नगालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी कार्य तीव्र गतिमा अघि बढाइएको छ। डुबेका युवाहरुको खोजी कार्यका लागि तालिम प्राप्त गोताखोर समेत प्रयोग गरिएको जनाइएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको