बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र | Khabarhub Khabarhub

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ ।

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निर्माणका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन ।

‘प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ’, जगतगुरु मोहनशरण देवाचार्यले भने, ‘सरकारबाट सहयोग प्राप्त भएको छैन ।’

उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई १० करोड ८१ लाख रुपैयाँमा ठेक्का दिइएको थियो ।

जगतगुरु मोहनशरण देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए  ।

त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन ।

भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि गर्न थालेपछि चहलपहल हुन थालेको हो । यहाँ नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन् ।

धाममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको फरक–फरक कुण्डहरू निर्माण गरिएको स्थानीय निर्मला भट्टको भनाइ छ । (रासस) 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : ०७ बजे

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)