कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण « Khabarhub

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।

क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/ ८१ मा दिएका निवेदनका आधारमा रु ५० हजार र रु एक लाखका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए । 

उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६६० बिरामीलाई रु ५० हजारका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई रु एक लाखका दरले सहायता रकम वितरण गरिएको बताए । 

चालु आव २०८२/ ८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए । ‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रूपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरूको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरूबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।’

विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो । तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो । 

उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/ ८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो । रासस
 

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ०२ बजे

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम

पूर्वनेतृ श्रेष्ठले रास्वपालाई दिइन् पहिलो महाधिवेशनको शुभकामना

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्वमन्त्री सुमना

चार हजार दुई सय ११ प्रतिनिधिको उपस्थितिमा रास्वपा महाधिवेशन सुरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरू

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रसुवा– स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल