सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने « Khabarhub

सुमनसिंको झुप्रोमा मुख्यमन्त्रीको नजर : व्यक्तिगत खर्चमा दशैँअघि नै घर बनाइदिने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– गत भदौ ३ गते राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं प्रजा घरमा श्रीमती सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउँपालिका कार्यालय पुगेका थिए । 

सुत्केरीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभई झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउँपालिकाले तत्काल राहतको लागि दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायतका सामाग्री हस्तान्तरण गर्‍यो । 

सुमनसिंको परिवारलाई बस्ने बास र खानेकुराकै अभाव रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आए । विभिन्न सामाजिक सञ्जालमा उनको झुप्रोको फोटोसहित पोष्ट भए ।

यो कुरा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई समेत जानकारी भएपछि सुमनसिंले अब नयाँ घर पाउने भएका छन् । 

साउन २० गते मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका सोही क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । 

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली काँग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्च गरिदिने भएका हुन् । 

बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउँपालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानियाँले दसैँअघि नै घर तयार गर्नेगरी काम सुरु गर्न भनेका छन् । 

२ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण यथाशीघ्र गरिने र दशैँअघि नै हस्तान्तरण गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानियाँले बेहोर्नेछन् । 

मुख्यमन्त्री बानियाँले केहीदिनअघि मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि सहयोग गरेका छन् । उनको घर बनाउन बानियाँले पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ५२ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन