अर्थसंक्षेप : सहुलियतपूर्ण कर्जालाई कार्यविधि, तीन प्रतिशत ब्याजमा अनुदान दिइने, बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै र शेयर बजारमा उछाल | Khabarhub Khabarhub

अर्थसंक्षेप : सहुलियतपूर्ण कर्जालाई कार्यविधि, तीन प्रतिशत ब्याजमा अनुदान दिइने, बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै र शेयर बजारमा उछाल


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?

हरेक वर्ष उखु किसान काठमाडौं आएर धर्ना नबसेसम्म सरकारले सुन्दै नसुन्ने परम्परा जस्तै भएको छ । उखु किसान धर्नामा बस्दा प्रतिपक्षीहरू दौडेर साथ दिन पुग्दा सरकारले भने सुनेको पनि नसुनेझैँ गरिरहन्छ ।

उखु किसानहरू काठमाडौँमा आएर आफ्नो आर्तनाद नसुनाएसम्म सरकारको कानमा बतास नै लाग्दैन ।

सरकारमा बसेकाहरू उखु किसानको समस्या सहजै स्वीकार गर्न तयार छैनन् भन्ने उनीहरूको व्यवहारले पुष्टि गरिरहेको छ । सिंहदरबारकै मुखमा आएर धर्ना बस्दा पनि दुई ठूला दल मिलेर बनेको सरकार उनीहरूलाई निरन्तर बेवास्ता गरिरहेको छ।

कहिले चिनी उद्योगीले भुक्तानी नदिएर, कहिले सरकारले अनुदान कटौती गरेर त कहिले सरकारले समयमै मूल्य नतोकिदिएर उखु किसान बर्सेनि माइतीघर मण्डलमा आउनुपरेको देखिन्छ ।

वर्षैपिच्छे माइतीघर धाउने उनीहरूले सिंहदरबारको पर्खालले सुन्नेगरी आर्तनाद पोखेपछि मात्रै शासकहरूको कानमा बतास लाग्छ । हरेक वर्ष किसान रुँदै आउँछन्, सरकार फकाएर पठाउँछ तर समस्या बल्झिरहन्छ । सरकार उखु किसानविरोधी र उद्योगमैत्री भएको धेरै वर्ष भइसकेको छ । जुन दृश्य यस वर्ष पनि दोहोरियो ।

उखु किसानको आन्दोलनमा नेताहरूको ओइरो, समस्या जस्ताको तस्तै (तस्बिरहरू)

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

सहुलियतपूर्ण कर्जाका लागि कार्यविधि : सरकारले तीन प्रतिशत ब्याजमा अनुदान दिने

सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ कार्यविधि ल्याएको छ । उद्यमशीलताको विकास तथा विपद् पीडितको निजी आवास निर्माण गरिने कर्जामा लाग्ने ब्याज, बिमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान उपलब्ध गराउनेगरी सरकारले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ ल्याएको हो ।

कार्यविधिमा सरकारले कृषि तथा पशुपन्छी, महिला उद्यमशील, युवा स्वरोजगार, शिक्षित युवा परियोजना, दलित समुदाय भगत सर्वजित् उद्यम विकास, स्टार्टअप उद्यम, उद्योगमा बोइलर प्रतिस्थापन र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरिने उल्लेख गरेको छ ।

अर्थ मन्त्रालयले साउन २६ गते निर्णय गरेको सो कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा पाँच करोड र महिला उद्यमशील कर्जा २५ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, युवा स्वरोजगार, शिक्षित युवा परियोजना र दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जा २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

साथै, स्टार्टअप उद्यमका लागि २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आधार दरमा कर्जामा लाग्ने ब्याज, कर्जा सूचना शुल्क र ऋणीले ब्यहोर्नु पर्ने बिमाशुल्क बाहेक अन्य शुल्क लिन पाउँदैन । सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा बैंकले एकाघरका परिवारका सदस्यको व्यक्तिगत वा समूह जमानीमा व्यवसाय परियोजना धितोमा राखेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रियो, राष्ट्र बैंकले ४५ खर्ब खिच्दै 

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो 

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से

बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा सेन्चुरीले बढेको हो ।

बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको छ । आज नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।

बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ ।

कृषि विकास बैंकको अध्यक्षमा पौडेल

अखाद्य पदार्थ भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकलाई कारबाही, २ लाख जरिवाना

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ६ : ४६ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो