सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा « Khabarhub

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको प्राङ्गणमा सिँगारिएर राखिएको चाँदीको गणेशको मूर्ति, त्यस मूर्तिको अगाडि विभिन्न चौरासी व्यञ्जनका परिकारसहित बोको र राँगोको बलि चढाइएको छ ।

मूल पूजा र स्थानीयको पूजा सम्पन्न गरेसँग मूर्तिको खटमा राखेर पूजा गरेसँगै खटको बाँसमा एकातिर बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं स्थानीयवासी किरण थापा, अर्को प्रतिनिधिसभा सांसद एवं कांग्रेस जिल्ला सभापति दुलर्भ थापा, अर्कोतर्फ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटालगायतले गणेश विराजमान खट काँधमा राखेर टोल परिक्रमा गराएर सुरु भएको सूर्यविनायक गणेश खट जात्रा साँझ गणेश मन्दिरमा आरती गरेसँगै सम्पन्न भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको रथ जात्रा दिनभर विभिन्न टोलको परिक्रमा गरी साँझ पुनःमन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

उनले भने, “पुर्खाले मनाउँदै आएको गणेश रथजात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो, विगत तीन वर्षदेखि सुरु भएको यो जात्रा यसवर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पुर्‍याएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।” वडा नं ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको छ ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।

जात्रामा एमाले जिल्ला अध्यक्ष वचन देउजा, नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, वडा नं ६ का वडाध्यक्ष ईश्वर खड्का, विभिन्न दलका नेताहरु, पूर्वमन्त्री एवं नगरपालिकाका जनप्रतिनिधि र ठूलो सङ्ख्यामा स्थानीवासीको सहभागिता थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ९ : ४९ बजे

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले

ढोरपाटनमा थप दुईजनामा दादुरा संक्रमण पुष्टि

काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा थप दुईजनामा दादुरा संक्रमण पुष्टि