महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन « Khabarhub

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ ।

महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित थिए।

चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।

यसैबीच यादवकको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेश आन्दोलनमासमेत उहाँले सक्रिय सहभागिता जनाउनु भएको थियो । उहाँका एक छोरा, एक छोरी र पत्नी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : ०७ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु