बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार « Khabarhub

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा– कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ । 

गत बिहीबारसम्मको तथ्यांकअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । नौ महिनाको तथ्यांक प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताए। 

यो अवधिमा श्रीलंकाबाट १९ हजार ८३५ जना, थाइल्याण्डः १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन् । 

कोभिड–१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ । सन् २०२२ मा २० हजार दुई सय २० जना पर्यटक आएका थिएभने सन् २०२३ मा ८१ हजार तथा २०२४ मा यो सङ्ख्या बढेर ९२ हजार ६४४ पुगेको थियो । 

यसैबीच, अध्यागमन अधिकृत वासुदेव पौडेलले कर्मचारी अभाव कार्यालयको मुख्य चुनौती बनेको तथा १२ जनाको दरबन्दी रहेको कार्यालयमा  पाँच जना मात्र रहेका गुनासो गरे। 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  २ : ०३ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को