रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो « Khabarhub

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चालु महिनामा पश्चिमी रूसमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको सङ्ख्या २५ पुगेको अनुसन्धानकर्ताहरूले शनिबार बताएका छन् ।

अनुसन्धानकर्ताहरूले ‘छ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले…मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।  

शवहरू सेप्टेम्बर १० –१७ को बीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको जनाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार  तीन जना संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ भने घटनाको अनुसन्धान भई रहेको छ ।  

यस हप्ताको सुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा दुई जनालाई एक दशक जेल सजाय सुनाएका थिए ।

सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । 

यस घटनापछि रूसले मधिरा सम्बन्धि कानुनलाई कडा बनाएता पनि विकल्पको रुपमा  सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरू घट्ने गरेको जनाएको छ ।  

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा