प्रदर्शनका घाइतेको उपचार ‘जेन-जी क्लिनिक’ मा गरिने « Khabarhub

प्रदर्शनका घाइतेको उपचार ‘जेन-जी क्लिनिक’ मा गरिने


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेन-जी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । 

प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ । घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
 
घाइतेको पहिचान एवम् सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ ।
 
पुनः जाँच (फलो–अप)मा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र सोको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

त्यसरी तोकिएका एम्बुलेन्समार्फत घाइतेले परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्न सक्नेछन् । गत भदौ २३ र २४ गते धेरै जना घाइते भएका थिए । घाइतेमध्ये अझै केहीको विभिन्न अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ६ : ०९ बजे

पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माण : किसानलाई राहत

भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत

अध्ययन बिदा सकिएर पनि नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र : पहिचान, सम्मान

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका