चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत « Khabarhub

चीनद्वारा ‘बहुध्रुवीय संसार’ को स्वागत


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुँदैछ । वार्ताअघि चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गरेका छन् । उनले अमेरिकी नीतिबाट विश्व बजार अस्थिर भएको आरोप पनि लगाएका छन् ।

“आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व अर्थतन्त्रका लागि घातक छ”, बेइजिङमा आयोजित एक फोरममा सम्बोधन गर्दै वाङले भने, “सम्झौताबाट पछि हट्ने, प्रतिबद्धताहरू तोड्ने र गुटबन्दी राजनीति गर्ने प्रवृत्तिले बहुपक्षवादलाई अभूतपूर्व चुनौती दिएको छ । तर इतिहासको प्रवाह उल्ट्याउन सकिँदैन — बहुध्रुवीय संसार निश्चित रूपमा आउँदैछ ।”

राष्ट्रपति ट्रम्पले आइतबार एसियाली भ्रमण सुरु गरेका छन् । यो दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग हुने प्रत्यक्ष वार्तासँग समाप्त हुनेछ । यो वार्ता जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि दुई नेताबीच हुने पहिलो आमनेसामने भेट हो ।

यसअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच दुई दिन लामो व्यापार वार्ता सम्पन्न भएको थियो । वार्तामा नोभेम्बर १ देखि लागू हुन लागेको १०० प्रतिशत अतिरिक्त कर टार्नेबारे छलफल भएको थियो ।

चीनका उप–वाणिज्य मन्त्री ली चेङ्गाङले वार्ताबाट ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिएका छन् । उता, अमेरिकी अर्थमन्त्री बेसेन्टले एबिसी समाचारसँग कुरा गर्दै उक्त अतिरिक्त शुल्क अस्थायी रूपमा स्थगित गरिएको र दुर्लभ पृथ्वी खनिज तथा अमेरिकी सोयाबिन निर्यातका विषयमा सहमति नजिकिएको सङ्केत गरेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ४२ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका