पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता « Khabarhub

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ। भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलतर्फ पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो ।

नेपालका लागि सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएकी हुन् । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतको सामना गर्दा अग्रता बनाएको हो ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुके । यद्यपि खेलमा नेपालले पकड बनाउँदै अग्रता कायम गरेको हो ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतविरुद्धको खेलमा गोलकिपर अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई अवसर दिएका थिए ।

इरानविरुद्धको पहिलो रोजाइका गोलकिपर अन्जिला तुम्बापो सुब्बा तथा रक्षक निशा थोकर र हिराकुमारी भुजेललाई भारतविरुद्ध बेन्चमा राखिएको छ ।

यो खेल नेपाल र भारतबीच प्रतिष्ठाका लागि भइरहेको छ। प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३-०  र भारतलाई २-०  हराइसकेको छ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो । त्यसपछि नेपाल र भारत भिडिरहेका छन् ।

नेपाल र भारतबीच यसअघि १८ खेल भएका छन्।  भारतले ११ खेलमा जित्दा नेपालले ३ खेल मात्रै जितेको थियो।  ४ खेल बराबरीमा सकिए । पछिल्ला ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : १४ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया