पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता « Khabarhub

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ। भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलतर्फ पहिलो हाफ सकिँदा नेपालले १-० को अग्रता बनाएको हो ।

नेपालका लागि सावित्रा भण्डारी साम्बाले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएकी हुन् । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतको सामना गर्दा अग्रता बनाएको हो ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुके । यद्यपि खेलमा नेपालले पकड बनाउँदै अग्रता कायम गरेको हो ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतविरुद्धको खेलमा गोलकिपर अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई अवसर दिएका थिए ।

इरानविरुद्धको पहिलो रोजाइका गोलकिपर अन्जिला तुम्बापो सुब्बा तथा रक्षक निशा थोकर र हिराकुमारी भुजेललाई भारतविरुद्ध बेन्चमा राखिएको छ ।

यो खेल नेपाल र भारतबीच प्रतिष्ठाका लागि भइरहेको छ। प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३-०  र भारतलाई २-०  हराइसकेको छ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो । त्यसपछि नेपाल र भारत भिडिरहेका छन् ।

नेपाल र भारतबीच यसअघि १८ खेल भएका छन्।  भारतले ११ खेलमा जित्दा नेपालले ३ खेल मात्रै जितेको थियो।  ४ खेल बराबरीमा सकिए । पछिल्ला ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : १४ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना