साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता « Khabarhub

साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा २-० को अग्रता बनाउन सफल भएको छ।

भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय खेलतर्फ दोस्रो हाफ जारी रहँदा नेपालका लागि सावित्रा भण्डारी साम्बाले दुवै गोल गर्न सफल भएकी छन् ।

उनले खेलको ६३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् । यसअघि पहिलो हाफको दोस्रो मिनेटमै उनले गोल गरेकी थिइन् ।

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतको सामना गर्दा जितनजिक पुगेको हो ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुके । यद्यपि खेलमा नेपालले पकड बनाउँदै दोहोरो अग्रता कायम गरेको हो ।

महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भारतविरुद्धको खेलमा गोलकिपर अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई अवसर दिएका थिए ।

इरानविरुद्धको पहिलो रोजाइका गोलकिपर अन्जिला तुम्बापो सुब्बा तथा रक्षक निशा थोकर र हिराकुमारी भुजेललाई भारतविरुद्ध बेन्चमा राखिएको छ ।

यो खेल नेपाल र भारतबीच प्रतिष्ठाका लागि भइरहेको छ। प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३-० र भारतलाई २-० हराइसकेको छ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो । त्यसपछि नेपाल र भारत भिडिरहेका छन् ।

नेपाल र भारतबीच यसअघि १८ खेल भएका छन्। भारतले ११ खेलमा जित्दा नेपालले ३ खेल मात्रै जितेको थियो। ४ खेल बराबरीमा सकिए । पछिल्ला ३ खेलमा नेपाललाई भारतले हराउन सकेको छैन ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ७ : ५० बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध