नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्राले गरिन् दुई गोल « Khabarhub

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्राले गरिन् दुई गोल


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।

त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ८ : १३ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ