सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते « Khabarhub

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते भएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ क्याङजु क्षेत्रमा लडेर डेनमार्ककका ६१ वर्षीय नागरिक फ्र्याङ्क थोर्बोल लार्सन घाइते भएका हुन्।

उनी हिमालयन ट्रेकिङ प्रालिमार्फत सगरमाथा क्षेत्र घुम्न गएका थिए। सगरमाथा आधार शिविर भ्रमण गरी फर्किने क्रममा खुट्टा चिप्लिएर लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिए।

घाइते पर्यटकको नाम्चेबजारबाट खटिएको प्रहरी टोली र ट्रेकिङ कम्पनीका कर्मचारीको संयुक्त सहयोगमा उद्धार गरिएको छ।

उद्धारपछि घाइते लार्सनलाई तत्काल उपचारका लागि नाम्चेस्थित ओम होङगिल नाम्चे सामुदायिक अस्पताल पु¥याइएको थियो। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ५८ बजे

पशुपतिमा यसरी हुँदैछ शिवरात्रिको तयारी (तस्बिरहरू)

काठमाडौं – यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : प्रचण्ड

बागलुङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय