सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते « Khabarhub

सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर विदेशी पर्यटक घाइते


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सगरमाथा आधार शिविरबाट फर्किनेक्रममा लडेर एक विदेशी पर्यटक घाइते भएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ क्याङजु क्षेत्रमा लडेर डेनमार्ककका ६१ वर्षीय नागरिक फ्र्याङ्क थोर्बोल लार्सन घाइते भएका हुन्।

उनी हिमालयन ट्रेकिङ प्रालिमार्फत सगरमाथा क्षेत्र घुम्न गएका थिए। सगरमाथा आधार शिविर भ्रमण गरी फर्किने क्रममा खुट्टा चिप्लिएर लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिए।

घाइते पर्यटकको नाम्चेबजारबाट खटिएको प्रहरी टोली र ट्रेकिङ कम्पनीका कर्मचारीको संयुक्त सहयोगमा उद्धार गरिएको छ।

उद्धारपछि घाइते लार्सनलाई तत्काल उपचारका लागि नाम्चेस्थित ओम होङगिल नाम्चे सामुदायिक अस्पताल पु¥याइएको थियो। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ९ : ५८ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द