‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो « Khabarhub

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ।

यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय कला लम्साल र एलिना चौहान थिए। अमेरिकाका विभिन्न सहरमा उनीहरुले सामूहिक प्रस्तुती पनि दिइन्।

त्यहीबीचमा कला बिरामी परिन्। उनी बिरामी परेर नेपाल फर्किने समयमा आयोजकसँग राम्रै नोकझोँक पर्यो। सामाजिक सञ्जाल उनीहरुको विवादले भरिए। कला नेपाल आएपछि बद्री, प्रताव र एलिनाले नै ‘अब सुन्छ अमेरिका’ यात्रा पूरा गरे।

सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।

तर, आज सोमबार राति एलिनाले आफ्नो फेसबुकमा यसअघि कलाले लगाएजस्तै आरोप लगाउँदै स्टाटस लेखेकी छन्।

‘जस्तो छ, त्यस्तै भन्छु — यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो। कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु प¥यो,’ उनले भनेकी छन्, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन।’

उनले कलाकारले इज्जत, व्यवहार र कदर खोज्ने पनि उल्लेख गरेकी छन्। उनले थप भनेकी छन्, ‘कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो। अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १० : ३९ बजे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल