आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ११ गते बिहीबार। मंसिर शुक्ल पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ। योजना अनुसार काम बन्नेछन्। परीक्षाको राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी शान्त रहेकाले काम सहज बन्नेछ।

वृष : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि एक पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छ। धन बढ्ने छ। शिक्षामा प्रगति हुनेछ। विदेशको आम्दानीमा मन आकर्षित हुने छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्या : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गरेमा सफलता मिल्ने छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।

तुला : दिन सामान्य छ। औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।

धनु : दिन धेरै राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ।

मकर : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुनेछ ।

मीन : दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ । अप्ठेरो परिस्थितिमा तपाईंको नामको चर्चा हुनेछ। परिवारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ५ : ०८ बजे

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा

राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा