चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै « Khabarhub

चितवनको कयरखोलामा पक्की पुल निर्माण हुँदै


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे । पुलका निम्ति चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उनले बताए ।

२०८३ साल पुस ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ ।

पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताए । (रासस)

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : ०९ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल