एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने « Khabarhub

एकीकृत समाजवादी कैलालीले मानेन माधव नेपालको निर्णय, नेकपामा समाहित नहुने


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

धनगढी– तत्कालीन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका अध्यक्ष र सचिवसहितको बहुमत कमिटी नेपाली कम्युनिस्ट पार्टीमा नजाने  भएको छ ।

जिल्ला कमिटी अध्यक्ष विमल जोशीले १२१ सदस्यीय कमिटीमध्ये ९१ जनाको बैठकले एकता प्रक्रियामा सामेल नहुने निर्णय गरेको बताएका छन्  ।

उक्त निर्णयमा सचिव दीर्घ जोशी पनि सहमत रहेको अध्यक्ष जोशीले बताए ।

‘हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपामा पुष्पकमल दाहाल प्रचण्ड हुन्जेल कम्युनिस्ट पार्टी हुनै नसक्ने देखेर ती दुवै दलमा सामेल नहुने निर्णय गरेका छौँ’, उनले भने।

उनले एमाले र नेकपा दुवैमा नजाने बताएका छन् । ‘हामी प्रचण्ड नेतृत्वको नेकपा र ओली नेतृत्वको एमालेमा जाँदैनौँ’, उनले भने, ‘अब कता जाने निर्णय चाँडै सार्वजनिक गर्छौँ ।’

शुक्रबार प्रचण्ड र माधव नेपाल धनगढीमा हुने  सन्देश सभालाई सम्बोधन गर्न पुग्दै छन् । यस्तोमा प्रदेश राजधानी रहेको कैलाली जिल्ला कमिटीले माधव नेपालको निर्णयलाई अस्वीकार गरिदिएको हो । धनगढीमा नेता डा. भीम रावलको नेतृत्वमा सन्देश सभा हुँदै छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ११ : ४४ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको