प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद « Khabarhub

प्रधानमन्त्रीले एमालेसँग थालिन् सिधा संवाद


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबीच पहिलो पटक नेकपा एमालेसँग सिधा संवाद थालेकी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्ने मत राखेकी उनले पहिलो पटक दोस्रो तहका नेतासँग सिधा संवाद गरेकी हुन् ।

उनीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू बालुवाटार पुगेका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको उथलपुथलले एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सेनाको हेलिकप्टरमा चढेर भाग्नु परेको थियो ।

त्यसपछि भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी कार्की र तीन दलका शीर्ष नेताबीच संवाद हुन सकेको छैन । तर बुधबार एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेसँगै कार्कीले नेताहरूलाई बालुवाटार बोलाएर संवाद गरेकी हुन्। यससँगै एमाले र अन्तरिम सरकारबीच पहिलो पटक वार्ताको ढोका पनि खुलेको छ।

बालुवाटारमा अहिे जारी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी छन् ।

एमालेका तर्फबाट महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला सहभागी छन्। कार्की गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री भएकी हुन् । उनले फागुन २१ गते कुनै हालतमा चुनाव गर्ने बताएकी छन् ।

तर पछिल्लो समय जेन-जीहरू र एमालेबीच मुठभेटको अवस्था बनिरहेका बेला सरकारले संवाद थालेको हो । एमालेले यो सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ४ : ५९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली