तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर « Khabarhub

तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूमथि आरोपत्र दायर गरिएको हो ।

आर्थिक वर्ष २०७६-७७ का लागि स्वीकृत करसहित रु ७५ लाख लागत अनुमान भएको योजनामा बोलपत्र प्रक्रियामा सबैभन्दा कम कबोल (रु ४२ लाख ७४ हजार ५५१ दशमलव ७१) गर्ने ‘सेट स्क्वायर कन्सट्रक्सन प्रालि’ सँग सम्झौता नगरी दोस्रो घटी कबोल (७२ लाख २१ हजार ७३) दशमलव ७० गर्ने ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’ लाई गैरकानुनी रूपमा ठेक्का दिएको आयोगको ठहर छ ।

आयोगको अनुसन्धानमा नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनले पेस गरेका कागजात तथा बैंक जमानत बदनियतपूर्वक लुकाइ नष्ट गराई सम्झौता नदिन निर्णय गराएको र उल्टै उक्त फर्मको विड बोण्ड जफत गरी दोस्रो प्रस्ताव दातासँग सम्झौता प्रक्रियामा अघि बढाएको पाइएको छ ।

विसं २०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालिसँग रु ७२ लाख १८ हजार ६८० को दरले सम्झौता गरी भुक्तानीसमेत दिइएको र यसरी गरिएको ठेक्का हेरफेरबाट रु २९ लाख ४४ हजार १३७ दशमलव २९ बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ ।

आरोपपत्रमा गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवसमेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित प्रतिवादी बनाइएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  ६ : ४१ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका