प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ « Khabarhub

प्रधानमन्त्रीसँग एमालेको अडान : यो सरकारको वैधताको छिनोफानो सर्वोच्च अदालतले गर्नुपर्छ


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेताहरूले जेन-जी आन्दोलनपछि गत भदौ २७ गते गठित अन्तरिम सरकार र संसद् विघटनको वैधताको परीक्षण सर्वोच्च अदालतले गर्नुपर्ने बताएका छन् ।

भदौ २३-२४ मा भएको जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक प्रधानमन्त्री सुशीला कार्कीसँग सिधा वार्ताका लागि बालुवाटार पुगेका उनीहरूले यस्तो अडान राखेका हुन्।

बालुवाटार वार्तापछि विघटित संसद्का प्रमुख सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतले छिटोभन्दा छिटो संसद् विघटन र अन्तरिम सरकार गठनको वैधानिकताको टुंगो लगाउनुपर्ने बताएका छन् ।

कार्कीसँग संवादका लागि एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पूर्वप्रमुख सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए ।

उक्त वार्तापछि विघटित संसद्का प्रमुख सचेतक बर्तौलाले गत भदौ २७ गते गरिएको संसद् विघटनबारे सर्वोच्च अदालतबाटै परीक्षण हुनुपर्ने एमालेले अडान राखेको स्पष्ट पारे। ‘अदालतले सरकार वैध छ भने हामी मान्छौँ, ससंसद् विघटनबारे अदालतको निर्णय स्वीकार्न तयार छौँ’, उनले भने, ‘तर यी दुवै कुराको निरुपण सर्वोच्च अदालतले चाँडो गर्नु जरूरी छ। हामी अदालतको आदेश पालना गर्न तयार छौँ।’

अहिलेको अन्तरिम सरकार गठन र प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते सरकार सम्हालेपछि गरेको संसद् विघटनबारे सर्वोच्च अदालतले गर्ने संवैधानिक परीक्षणलाई प्रतीक्षा गरिरहेको बताएको पनि बर्तौलाले जानकारी दिए ।

अदालतलाई बाहिरबाट दबाब परेको जस्तो बुझिए पनि यस विवादलाई छिटो टुंग्याउन आग्रहसहित निवेदन दर्ता गरिएको उनले बताए। संसद् विघटनको मुद्दामा मिति तोकेर छिटो निष्कर्ष निकाल्न सर्वोच्च अदालतसमक्ष माग गरिएको उनले बताए । एमालेको यो मुद्दामा पहिलो पेशी आगामी मंसिर १७ गतेका लागि तोकिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ७ : २३ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली